मातातिर्था इनडोर क्रिकेट प्रतियोगिता लागि दर्ता खुला, विजेताले एक लाख रुपैयाँ पुरस्कार जित्ने

काठमाडौं । ई प्लानेट इन्टरनेशनलको आयोजनामा आगामी मातातिर्था इनडोर क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ। प्रतियोगिताको लागि खुला दर्ता प्रक्रिया सुरु भइसकेको आयोजकले जनाएका छन्।
प्रतियोगिता २०७९ असार ४ गतेदेखि ७ गतेसम्म चन्द्रागिरी चेकपोस्टस्थित गणेशमान फुटसल र क्रिक्सलमा सञ्चालन हुनेछ। सहभागी टिमहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।
यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले रु। ७०,०००, र दोस्रो हुने टिमले रु। ३०,००० नगद पुरस्कार जित्नेछ। कुल पुरस्कार राशी रु। १,००,००० रहेको छ। प्रतियोगिता सार्वजनिक रूपमा खुला रहेको छ भने एक टिमका लागि प्रवेश शुल्क रु। १०,००० निर्धारण गरिएको छ।
दर्ताका लागि असार २ गते अन्तिम म्याद तोकिएको छ। आयोजकका अनुसार स्थान सीमित रहेकाले इच्छुक टिमहरूले यथाशीघ्र दर्ता गर्न आग्रह गरिएको छ।
दर्ता तथा थप जानकारीका लागि सम्पर्कस्
अभिषेक गौतम सुनार – ९८६०४६१६२५
उमेश सेढाईं – ९८४९७१०६०३
क्रिकेटप्रेमी युवाहरूलाई लक्षित गर्दै आयोजना गरिएको यस प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीहरूलाई अगाडि बढ्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्