टोखामा नदी सरसफाई अभियानको ५४औं हप्ता सम्पन्न

टोखा, जेठ २४ । “स्वच्छ नदी, स्वस्थ जीवन” भन्ने नाराका साथ सञ्चालित नदी सरसफाई अभियानको ५४औं हप्ताको कार्यक्रम आज बिहान सफलतापूर्वक सम्पन्न भएको छ। सरसफाई कार्यक्रम टोखा नगरपालिका–११ स्थित मनोहरतीर्थ पुलनजिक बिहान ६ः३० बजेबाट सुरु भएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागिहरूले नदी किनार तथा वरपरका क्षेत्रमा फोहोरमैला संकलन गरी वातावरण सफा राख्नमा सक्रियता देखाएका थिए ।
टोखा नगरपालिकाको सहकार्यमा सञ्चालन हुँदै आएको यो अभियानले नदी तथा वातावरण संरक्षणमा समुदायको सहभागिता र जनचेतनालाई सशक्त बनाउँदै आएको छ । आयोजक टोलीले हरेक हप्ता नियमित रूपमा सरसफाई अभियान सञ्चालन गर्दै आइरहेको र आगामी हप्तामा पनि निरन्तरताका साथ अभियान अगाडि बढ्ने जानकारी दिएको छ ।
कार्यक्रमको समापनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै वातावरण संरक्षणको अभियानमा निरन्तर साथ र समर्थन जनाउन आयोजकहरूले आह्वान गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा नदी सरसफाई अभियानको ५४औं हप्ता सम्पन्न
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्