Techie IT
शनिबार, जेठ २५,२०८२

टोखाले खोलामा फोहोर फाल्नेमाथि जरिवाना गर्न मोवाइल एप्स ल्यायो


काठमाडौं । टोखा नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा ठोस फोहोर पुनःप्रयोग तथा पुनःचक्रण अन्तरविद्यालय प्रतियोगिता तथा प्रदर्शनी, सम्मान कार्यक्रम तथा खोला तथा सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेको सूचना लिन एप्स निर्माण गरी सार्वजनिक गरेको छ ।

प्रदर्शनीका लागि टोखाका १८ नीजि तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेका स्टललाई नगरपालिकाले नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेको छ । जसमा धापासी माध्यमिक विद्यालय प्रथम भई नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै बौंडेश्वर माध्यमिक विद्यालय द्धितिय भई १२ हजार नगदसहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो । तृतिय पुरस्कार भने न्यू मालाश्री इङलीस स्कुलले पाउन सफल भएको छ । जसमा ९ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । शान्तवना पुरस्कार भने नितेन मेमोरियल स्कुलले पाउन सफल भएको छ । जसमा नगद ५६ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । अन्य १४ ओटा स्कुलले भने सहभागिताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कार पाउनका लागि निर्णायक मण्डलमा नगर शिक्षा शाखा प्रमुख बाबुराम गौतम र अभ्नी भेन्चर्स प्रा.लि.का डाइरेक्टर शिलशिला आचार्य र अपसाइकल नेपालका फाउण्डर पुष्पा स्थापित रहेका थिए ।

कार्यक्रममा विष्णुमती सफाई अभियान अन्तर्गत ५० हप्तासम्म निरन्तर खोलामा पसेर सफाई गर्ने विभिन्न फोहोर संकलन गर्ने कम्पनीका १८ जना सफाईकर्मीलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । सर्वोत्कृष्ट काम गर्ने ढालबहादुर दर्जीलाई भने नगद १० हजारसहित सम्मान गरिएको थियो । त्यस्तै फोहोर संकलन गर्ने उत्कृष्ट तीन कम्पनीलाई कदरपत्रबाट सम्मान गरिएको थियो । जसमा हिमालयन वातावरण संरक्षण प्रा.लि., हातेमालो क्लिन सिटी प्रा.लि. र नेपाल फुलबारी सेवा प्रा.लि.रहेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । जसमा सशस्त्र प्रहरि बल नेपाल, पूर्व प्रहरि संगठन, लायन्स क्लव अफ काठमाडौं आर्शिवाद, पत्रकार सुशान्त न्यौपाने, दीपक न्यौपाने, अभियन्ताबाट रेणु अधिकारी, विदुर राना मगर, कविन्द्र थापालाई सम्मान गरिएको थियो । त्यस्तै सक्रिय जनप्रतिनिधीको रूपमा टोखा वडा नं. ८ का वडासदस्य अनुप राईलाई सम्मान गरिएको थियो ।

नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभ्नी भेन्चर्सका निर्देशक शिलशिला आचार्यले टोखा नगरपालिकालाई प्लास्टिक मुक्त बनाउन सकिने तर स्थानीय सरकारको पहिलो प्राथमिकता हुनु पर्ने बताइन । आचार्यले नेपालमा हरित अर्थतन्त्र निर्माण गर्नमा अभ्नीले जोड दिएको बताएकी थिइन ।

 

कार्यक्रममा टोखा नगरपालिकाले फोहोर फाल्नेको सूचना लिन मोवाइल एप्सलाई प्रयोगमा ल्याउन लागको हो । सो एप्समा खोला किनारका स्थानीय वा जो सुकैले पनि फोहोर फाल्नेको फोटो एप्समा अपलोड गरेपछि नगरपालिकाले तत्काल कारवाही स्वरूप जरिवाना लिने नीति पास गरेको छ । जरिवानाको ५० प्रतिशत रकम सूचना मोवाइल एप्समा फोटो पठाउनेलाई नै दिने नीति लिएको छ । नगरपालिकाले खोला किनार, मठमन्दिर भएको क्षेत्र तथा सार्वजनिक स्थानहरुको नजिकका स्थानीयबासीको सहयोगमा फोहोर फाल्नेमाथि कारवाही गर्ने नीति लिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले वातावरण संरक्षणका लागि फोहोर व्यवस्थापनमा टोखाले प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । ल्याण्डफिल्ड बनाउन आवश्यक जग्गा नभएकाले नीजि कम्पनीहरुको सहकार्यमा काम गरिरहेको बताउृनुभयो । आगामी दिनमा पुनःप्रयोग गनर्ज सकिने फोहोरलाई नगरभित्रै व्यवस्थापन गरिने मेयर अधिकारीले बताउनुभयो । नगरपालिकाले कुहीने फोहोरलाई मल बनाई कौसीखेती गर्न गर्न जोड दिएको छ ।

 

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले प्लास्टिक प्रदूषणको न्यूनिकरण गर्न ठोस फोहोर व्यवस्थापन नगरपालिका भित्रै गरिने बताउनुभयो । प्लास्टिकको प्रयोगलाई नगरभित्र कम भन्दा कम प्रयोग गर्ने नीति लिएको छ । सफाई अभियान सञ्चालन गर्नुको उद्देश्य पनि बढ्दो वायु प्रदुषण न्यूनिकरणमा जोड दिनु हो ।

कार्यक्रममा सफाई अभियन्ता गणेश दाहालले भने – नगरपालिकाले कडा भन्दा कडा नीति लिने हो भने मास्क नलगाई हिँड्न सक्ने टोखा बनाउन सकिन्छ । फोहोर फाल्नेमाथि कारवाही र जरिवानाको नीति नगरपालिकाले बनाएकोमा दाहालले धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रम वडाका जनप्रतिनिधिहरु, सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षकहरु र सफाईकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वातावरण तथा विपद शाखा प्रमुख ई. अनुषा शर्माले गरेकी थिइन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखाले खोलामा फोहोर फाल्नेमाथि जरिवाना गर्न मोवाइल एप्स ल्यायो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:06 am6:59 pm +0545