Techie IT
शुक्रबार, जेठ २४,२०८२

तारकेश्वर ११ गुम्बा वरिपरिका खाजाघर : यौनजन्य क्रियाकलाप र लागुऔषधको अखडा बन्दै


काठमाडौं, तारकेश्वर – काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित गुम्बा जाने पुलदेखि आनन्द टोलसम्म सञ्चालनमा रहेका विभिन्न खाजाघरहरू अनैतिक तथा आपराधिक गतिविधिको केन्द्रबिन्दु बन्दै गइरहेको पाइएको छ।

वडाध्यक्ष कविराज बस्नेतले सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै सो क्षेत्रका कित्ता नं ३९, ७२, ७१, ७०, १०५, १०७, ६८, ७३ र ११० मा निर्माण गरिएका खाजाघरहरूमा लागुऔषध दुर्व्यसन, मदिरा सेवन, यौनजन्य गतिविधि, झैझगडा र हातहतियारको प्रयोगजस्ता अमर्यादित क्रियाकलाप भइरहने उजुरी वडामा प्राप्त भएको जानकारी दिएका छन्।

यस्ता गतिविधिका कारण स्थानिय बासिन्दाहरूमा डर र असुरक्षाको भावना बढेको भन्दै वडाले एक साताभित्र सम्बन्धित जग्गाधनी तथा घरधनीहरूलाई वडामा उपस्थित हुन आग्रह गरेको छ। सो अवधीभित्र सम्पर्कमा नआएमा ती खाजाघरहरू बन्द गरिने वडाध्यक्ष बस्नेतले चेतावनी दिएका छन्।

वडाले स्थानिय सुरक्षा संयन्त्रसँग समन्वय गर्दै यस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।

हेर्नुहोस वडाले जारी गरेको सूचना :


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर ११ गुम्बा वरिपरिका खाजाघर : यौनजन्य क्रियाकलाप र लागुऔषधको अखडा बन्दै



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:06 am6:58 pm +0545