यातायात व्यवसायीको आन्दोलन फिर्ता, बेलुकादेखि नै गाडी चल्ने

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।
यससँगै अब बेलुकादेखि नै गाडी चल्ने चल्ने व्यवसायीले बताएका छन् ।
गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपाल बताए ।
उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।
मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।
यससँगै भोलिदेखि निर्वाधरुपमा सवारी सञ्चालन हुनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बेलुकादेखि नै गाडी चल्ने, #यातायात व्यवसायीको आन्दोलन फिर्ता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्