दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा ९० जना बिधार्थीको लागि स्टेसनरी सामग्री सहित तातो न्यायो कपडा वितरण

दार्चुला । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सामाजिक अभियान अन्तर्गत दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा बालबालिकाका लागि स्कुल ब्याग, स्टेसनरी सामग्री र लत्ता कपडा वितरण गरिएको छ। यस अभियानमार्फत झण्डै ९० जना सय बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो। बालबालिकाको शिक्षामा सहयोग पुर्याउने र जीवनस्तरमा सहजता ल्याउने उद्देश्यले अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी आयोजकले दिएका छन।
उक्त सामाजिक अभियानलाई ओपन खबर मिडिया प्रा।लि।ले नेतृत्व गरेको थियो। संस्थाका अध्यक्ष मोहनकृष्ण अधिकारीले कार्यक्रमबारे जानकारी दिँदै सबै सहयोगी मनप्रति आभार व्यक्त गरेका छन। कार्यक्रम सफल बनाउनमा साल्टेडिङ कर्पोरेशन लिमिटेड, एभरेष्ट आइ बयर, भुवनेश्वरी इम्पेक्स, समाजसेवी अजय थापा (तारकेश्वर–१, काठमाडौं), विष्णु भण्डारी (नागार्जुन–४, काठमाडौं), हरिसरण सापकोटा र निर्मला तिमिल्सिना (बेलकोटगढी नगरपालिका, नुवाकोट), र अशोक तामाङ (काभ्रेपलाञ्चोक) लगायतका व्यक्तित्व र संस्थाहरूको विशेष भूमिका रहेको थियो।
सहयोगदाताहरूको निरन्तर साथ र सद्भावले सामाजिक उत्तरदायित्व वहन गर्न थप प्रेरणा मिलेको आयोजकहरूको भनाइ छ। अपि हिमालजस्तो विकट क्षेत्रमा बालबालिकाले शैक्षिक सामग्री र लत्ता कपडाबाट राहत पाएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन।
क्याटेगोरी : समाचार
ट्याग : #दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा ९० जना बिधार्थीको लागि स्टेसनरी सामग्री सहित तातो न्यायो कपडा वितरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्