राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात बन्द , यात्रीहरु मर्कामा

९ जेठ, काठमाडौं ।
देशभर सार्वजनिक यातायात बन्द हुँदा यात्रुहरू ठूलो समस्यामा परेका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई अनुमति दिने गरी नियमावली ल्याएपछि यसको विरोधमा उत्रिएका यातायात व्यवसायीहरूले देशभर लामो तथा छोटो दुरीका सवारी साधन चलाउन नदिएपछि यात्रुहरू मर्कामा परेका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार कालो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधन सातवटै प्रदेशमा सञ्चालनमा आउन दिइएको छैन। काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका बस, माइक्रो बस र टेम्पोहरू पूर्ण रूपमा ठप्प छन्।
उपत्यकाका सडकहरूमा सामान्यतः देखिने भिडभाडको सट्टा आज बिहानैदेखि सुनसान देखिएको छ। केही निजी मोटरसाइकल, कार तथा फाट्टफुट्ट ट्याक्सी मात्र सञ्चालनमा छन्। बस स्टपहरूमा यात्रुहरू गाडीको प्रतीक्षामा छन् भने केहीले पठाओजस्ता राइड सेयरिङ सेवा प्रयोग गरेका छन्, अन्य पैदलै गन्तव्यतर्फ लागेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन निकै कम संख्यामा सञ्चालनमा रहेको जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात बन्द
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्