त्रिशूली अस्पतालद्वारा किस्पाङ गाउँपालिका–१, भाल्चेमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नुवाकोट, किस्पाङ । त्रिशूली अस्पताल, नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका–१, भाल्चेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवामा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा १०० औ को सख्यामा स्थानीयवासीले विभिन्न सेवा प्राप्त गरेका छन ।
शिविरमा स्त्रीरोग, हाडजोर्नी, मधुमेह, बालरोग, सामान्य रोगहरू (जनरल सेवा) साथै भिडियो एक्स–रे सेवा लगायतका विविध विशेषज्ञ सेवा उपलब्ध गराइएको त्रीशुली अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताउनुभयो । विशेषगरी ग्रामीण भेगका सर्वसाधारणले विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अवसर पाएकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्।
त्रिशूली अस्पतालका विशेषज्ञ चिकित्सकहरू सहितको टोलीले शिविरमा सहभागी बिरामीहरूको परीक्षण गरी आवश्यक परामर्श र औषधि वितरण गरेका थिए। यस शिविरले दुर्गम भाल्चे क्षेत्रका बासिन्दाहरूलाई स्वास्थ्य सेवा नजिक पुर्याउने उल्लेखनीय निशुल्क शिविर गरेको त्रीशुली अस्पताल नुवाकोटका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शिविरमा सहयोग पुर्याउने सम्पूर्ण टोली, स्वयंसेवक तथा आयोजकलाई किस्पाङ गाउपालीका वडा न १ का वडा अध्यक्ष पशुपति घलेले धन्यवाद व्यक्त गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिशूली अस्पतालद्वारा किस्पाङ गाउँपालिका–१, #भाल्चेमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्