टोखा नगरपालिकाको सार्वजनिक सुनुवाइ आज, १:३० बजे सहभागी हुन आग्रह

टोखा । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ जेठ १६ गते दिनको १:३० बजे नगरपालिकाको कार्यालय मैजुहिटीमा आयोजना गर्ने भएको छ ।
कार्यक्रममा नगरपालिकाले सञ्चालन गरेका योजनाका प्रगति, खर्च विवरण तथा प्राथमिकता सार्वजनिक गर्दै स्थानीयका सुझाव र गुनासा संकलन गर्नेछ ।
नगरप्रमुख प्रकाश अधिकारीले नगरवासीहरूसँग प्रत्यक्ष संवाद गरी नगरको शासकीय कारबाहीमा सबैको सहभागिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ प्रभावकारी हुने भएकाले उपस्थितिका लागि अनुरोध गर्नुभएको छ।
टोखा नगरपालिकाले सबै वडाका जनप्रतिनिधि, नागरिक समाज, उद्योग-व्यवसायी, दलित तथा महिला समूह, युवा, ज्येष्ठ नागरिकसहित सम्पूर्ण नगरवासीलाई समयमै उपस्थित भई आफ्ना धारणा राख्न अनुरोध गरेको छ ।
नगरपालिकाले सार्वजनिक सुनुवाइलाई नियमित वार्षिक कार्य तालिकामा राख्दै आएको छ । प्राप्त सुझाव र प्रश्न–उत्तरले योजना छनोटदेखि बजेट विनियोजनसम्ममा नगरवासीको सहभागितालाई संस्थागत गर्ने विश्वास जनप्रतिनिधिले गरेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #१:३० बजे सहभागी हुन आग्रह, #breaking, #टोखा नगरपालिकाको सार्वजनिक सुनुवाइ आज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्