Techie IT
शुक्रबार, असार ६,२०८२

राइड सेयरिङको विरोध जनाउँदै गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प


पोखरा । यातायात व्यवसायीले राइड सेयरिङको विरोध जनाउँदै गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धि नियमावलीको विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् ।

उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

जेठ १९ देखि देशभर यातायात सेवा ठप्प पार्ने महासंघको तयारी छ । यसअघि एक हप्ताभित्र माग पूरा नभए सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।

गण्डकी प्रदेश सरकारले वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राइड सेयरिङको विरोध जनाउँदै गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545