बालेनसँग माफी नमाग्ने प्रवक्ता मानन्धरको स्पष्टोक्ति, ‘फोटो देखाएको’ बारे यसो भन्छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रवक्ता नवीन मानन्धरलाई लिखित माफी माग्नका लागि दिएको समय सीमा आज सकिँदै छ । एक टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर बालेनले मानन्धरलाई सात दिनभित्र माफी माग्न भन्दै गत साता लिखित पत्र दिएका थिए ।
मानन्धरले करिब डेढ महिना अगाडि योहो टिभीलाई दिएको अन्तरवार्तालाई लिएर बालेन रुष्ट भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गत चैत २० गते महानगरमा कमब्याक गराउन मानन्धरले अग्रणी भूमिका खेलेका थिए । त्यसलगत्तै चैत २३ मा योहो टिभीका वरिष्ठ सञ्चारकर्मी जीवराम भण्डारीलाई उनले अन्तरवार्ता दिए । अन्तरवार्तामा मानन्धरले बालेनको खुलेरै आलोचना गरेका थिए ।
यो अन्तरवार्ताप्रति त्यतिबेला कुनै पनि प्रतिक्रिया नजनाएका बालेनले डेढ महिनापछि आएर एक्सन लिन खोजेका हुन् । तर, उनले मानन्धरलाई स्पष्टीकरण सोधेका छैनन् । अब आइन्दा यस्ता अभिव्यक्त नदोहोर्याउन र लिखित माफी माग्न भनेका छन् । यो अन्तरवार्ताले आफ्नो व्यक्तित्वमा हानी पुगेकाले फौजदारी मुद्दा पनि लाग्न सक्ने चेतावनी समेत बालेनको छ ।
के थियो त अन्तरवार्तामा
पौने एक घन्टा लामो अन्तरवार्तामा मानन्धरले बालेनको कार्यशैलीमाथि अनेक प्रश्न उठाएका छन् । महानगरमा बालेनले आफ्नो निम्तिमात्रै छुट्टै लिफ्ट बनाउन लगाएकोदेखि लिएर काठमाडौंबाहिर घुमघाम गर्न जाँदा उपमेयरलाई कार्यवाहक नदिएको प्रति मानन्धरको रोष छ ।
प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा महानगरमा निकै बबण्डर भएको थियो । त्यसबखत मेयर बालेन भने काठमाडौंबाहिर निस्किएका थिए ।
प्रवक्ता मानन्धरले भने, ‘मेयर त्यसबेला कालिन्चोक जानुभएको थियो । उहाँ काठमाडौंबाहिर जाँदा उपमेयलाई कार्यवाहक दिनु पर्दैन ?’
अर्को प्रसंगमा मानन्धरले भने, ‘हाम्रो सभापति (शेरहादुर देउवा) ले सुपारी चपाएको जसरी कुरा गर्छ, केही पनि बुझ्दैन भनेर उहाँले भन्नुभएको अवस्था छ । उहाँ आफैँले हलमा फिल्म हेर्न जाँदा धुर्मुससित कसरी कुरा गर्नुभएको थियो ? उहाँले बोलेको हामीले बुझेका थियौं ? सुपारी कसको मुखमा थियो ? त्यो याद गर्नुभएको छ ?’
मानन्धरको थप अभिव्यक्ति उनकै शब्दमाः
अहिले भर्खर (बालेनले) केटी जिस्क्याएको कुरा भाइरल भएको अवस्था छ । त्यसमा उहाँले केही बोल्नुभएको छ ? दुईजना केटीले के भनेको ? भनेर उहाँलाई सोधिरहेको अवस्था छ । उहाँले बोलेको हामी आफैंले बुझिरहेको अवस्था छैन भने अरुलाई सुपारी चपाएर बोलेको भन्ने हो कि आफैंले सुपारी चपाएको अवस्था हो ? केही फोटोहरु हामीलाई आइरहेको अवस्था छ । उहाँ कसरी बसिराख्नु भएको छ भनेर । एउटा फोटो मसित अझै छ ।’
त्यसपछि मानन्धरले आफ्नो मोबाइल निकाले ।
प्रस्तोता भण्डारीले उत्साहित हुँदै भन्छन्, ‘ल देखाउनुस् त मेयर बालेन साह कहाँ व्यस्त हुनुहुन्छ आज भोलि ?’
त्यसपछि मानन्धरले एउटा तस्बिर क्यामरातर्फ देखाउँछन् । बालेनले एक युवतीलाई आलिंगन गरिरहेको उक्त तस्बिरमा देखिएको छ । ती युवती सार्वजनिकरूपमा परिचित होइनन् ।
यो तस्बिर आफूलाई कोही पत्रकारले पठाइदिएको मानन्धरले बताए ।
प्रस्तोता भण्डारीले थप चाख लिँदै सोध्छन्- कोसँग हो यो ? कहाँको हो ?
‘कोसँग हो मलाई के थाहा, उहाँलाई सोध्नुस । फोटो त हामीलाई सेन्ड भएको छ नि । पत्रकारहरुसँग त हाम्रो कुरा हुने हो नि !’
‘अलि यसरी देखाइदिनुस् त दर्शकले पनि थाहा पाउने गरेर,’ भण्डारीले आग्रह गरेपछि तस्बिर थप जुम गरेर देखाइन्छ ।
मोबाइल थन्क्याउँदै मानन्धर थप्छन्, ‘महानगरपालिकाको प्रमुख आज कतै जाँदै के गर्छ, कसो गर्छ भनेर हामीले कहिल्यै सोधेको अवस्था छ ? कार्यवाहक दिनु पर्दैन ?’
मानन्धरले देखाएको तस्बिर ज्यास्मिन खनाल नामकी युवतीको हो । उनी एक डिजे भएको बताइन्छ । उनले आफ्नै इन्स्टा एकाउन्टमा बालेनसँगका दुई तस्बिर पोस्ट गरेकी थिइन् । त्यसमध्ये अलिक अन्तरंग देखिने एउटा तस्बिर आज हटाएकी छन् ।
यो तस्बिर भाइरल हुन थालेपछि बालेन पनि तनावमा परेको निकट स्रोतको भनाइ छ । स्रोतका अनुसार बालेनले तस्बिरमा देखिएकी युवतीसँग आफ्नो कुनै पनि निकटता नरहेको र फ्यानको रुपमा फोटो खिचाएको बताउने गरेका छन् ।
माफी माग्दिनँ : मानन्धर
प्रवक्ता मानन्धर बालेनसँग माफी माग्न तयार छैनन् । आफूले केही पनि गलत नबोलेकाले माफी माग्ने कुरै नआउने उनले बताए ।
‘म किन माग्ने माफी म ? मेरो भूल भयो, अब आइन्दा म गल्ती गर्दिन भन्दै जान्छु होला ?’ उनले उल्टै प्रश्न गरे ।
मानन्धरका अनुसार बालेनले दिएको पत्रमा फोटोको विषय भने उल्लेख भएको छैन । यद्यपि, आफूले फोटो देखाएकै कारण बालेन रुष्ट भएको हुन सक्ने उनको अनुमान छ ।
‘उहाँले मेरो नजिकका व्यक्तिहरूलाई भेट्दा त्यो फोटो किन देखाएको भनेर सोध्नुहुँदो रहेछ । मैले खिचेर ल्याएको देखाएको भए पो मेरो गल्ती हुनु, सम्बन्धित व्यक्तिले नै आफ्नो सामाजिक सञ्जालमा हालेको फोटो देखाइदिँदा किन आपत्ति ? बालेन अहिले कहाँ के गर्दै हुनुहुन्छ भन्ने प्रसंगमा त्यो फोटो देखाइदिएको हुँ ।’
बालेनले तपाईंलाई प्रवक्ताबाट पनि हटाउन लागेका हुन् ? भन्ने प्रश्नमा मानन्धर भन्छन्, ‘मलाई प्रवक्ताबाट हटाउन त कार्यपालिका बस्नु पर्यो नि । कार्यपालिकामा बहुमतले निर्णय गर्नुपर्यो ।’
यसअघि महानगरका विभिन्न विभागहरूमा बालेनले गरेको हेरफेर पनि गैरकानूनी भएको उनले बताए ।
‘कार्यपालिका बैठक नबसिकन यस्तो गर्न पाइँदैन । हामी अब बस्ने कार्यपालिकामा हिसाबकिताब माग्नेछौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #‘फोटो देखाएको’ बारे यसो भन्छन्, #breaking, #बालेनसँग माफी नमाग्ने प्रवक्ता मानन्धरको स्पष्टोक्ति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्