Techie IT
शुक्रबार, असार ६,२०८२

ज्ञानेन्द्र शाही भन्छन्- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ


काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषणा दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति निकालिसकेको छ ।’

उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे । उनले प्रधानमन्त्रीलाई सडकमा आउने भए राजीनामा दिएर आउन आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ज्ञानेन्द्र शाही भन्छन्- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545