Techie IT
शुक्रबार, असार ६,२०८२

प्रचण्डलाई ओलीको फोन- के भयो कुराकानी ?


काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोलेर सहयोग गर्न आग्रह गरेका हुन् ।

तर, प्रचण्डले आफूहरू (विपक्षी दल) अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको सांसद माधव सापकोटाले बताए ।

प्रचण्डले ओलीलाई गृहमन्त्रीको राजीनामा गराएर आफैंले सदनमा आएर जवाफ दिन भनेको सापकोटाले सुनाए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डलाई ओलीको फोन- के भयो कुराकानी ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545