Techie IT
शनिबार, असार ७,२०८२

बाजुरामा जिप दुर्घटना : टेलिकमका प्रमुखसहित तीन जनाको मृत्यु


बाजुरा,  जेठ १३ गते ।  जिल्लाको जगन्नाथ गाउँपालिकामा मङ्गलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै  मृत्यु भएको छ ।

 

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #बाजुरामा जिप दुर्घटना : टेलिकमका प्रमुखसहित तीन जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545