टोखा भगवती क्लबलाई नगरपालिकाको एक करोड सहयोग

काठमाडौं, जेठ १३ । शहीद स्मारक बी डिभिजन लिगमा उपविजेता बन्दै शीर्ष डिभिजनमा स्थान बनाउन सफल श्री टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। साथै, क्लबको नियमित अभ्यासका लागि भूतखेल खुला मञ्च प्रदान गर्ने निर्णय गरिएको छ। टोखा नगरपालिका कार्यालयमा आज आयोजित विशेष सम्मान समारोहमा नगर प्रमुख श्री प्रकाश अधिकारीले क्लबका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिँदै उक्त घोषणा गर्नुभएको हो। प्रमुख अधिकारीले क्लबको उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ उचाइमा पुर्याउन नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा उपप्रमुख श्री मुरारी तामाङले अभ्यास तथा एकेडेमी सञ्चालनका लागि आवश्यक सम्पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। श्री टोखा भगवती क्लबले लिग अन्तर्गत १३ खेल खेल्दै ७ मा जित, ५ बराबरी र १ मा हार व्यहोरेको थियो। २६ अंकसहित क्लबले उपविजेता बन्न सफल हुँदै पहिलो पटक शीर्ष डिभिजनमा प्रवेश गरेको हो। कार्यक्रममा क्लबलाई मायाको चिनो स्वरूप खेल पोसाक समेत प्रदान गरिएको थियो।
यस्तै टोखा खेलकुद विकाश समितिका संयोजक नरोतम राणाले नगरपालिकाले क्लबको आगामी यात्रामा अझ उत्कृष्ट सफलता मिलोस् भन्ने शुभकामना गर्नुभएको छ ।
क्लबका अध्यक्ष गणेशलाल श्रेष्ठले टोखा नगरपालिकाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै क्लबको यात्रामा प्राप्त सहयोगले नयाँ उर्जा थपेको उल्लेख गर्नुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा भगवती क्लबलाई एक करोड सहयोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्