Techie IT
शुक्रबार, असार ६,२०८२

उपमेयरको घरमा ब्रेक फेल बस पसेर दुईजनाको मृत्यु, दुई गम्भीर घाइते


हेटौंडा, मकवानपुर — मकवानपुरको थाहा नगरपालिका–३ स्थित गोपाली गाउँमा सोमबार बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसब्रेक फेल भएर अनियन्त्रित भई थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो।

दुर्घटनामा परेर ४० वर्षीय कृष्ण बलामीलोकेन्द्र कुमार ठाकुरको ज्यान गएको पुष्टि गरिएको छ। स्थानीयका अनुसार बसले सडकमा हिँडिरहेका एक पुरुषलाई ठक्कर दिएर घरभित्र छिरेको थियो।

यस घटनामा रघुनन्द यादवकमलेश कुमार साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपमेयरको घरमा ब्रेक फेल बस पसेर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545