युवा संघमा प्यानलगत प्रतिस्पर्धा, कसको टीमबाट को-को ?

काठमाडौं — राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। नेकपा एमालेनिकट यो संगठनको निर्वाचन प्रक्रियामा ढिलाइ भए पनि आजै मतदान हुने निश्चित भएको छ। बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिए पनि उम्मेदवारको प्रारम्भिक सूची ढिला आएको र दाबीविरोध टुंगिन बाँकी रहेकाले मतदान ढिला हुनसक्ने निर्वाचन समितिले जनाएको छ।
अध्यक्षका लागि सीधा प्रतिस्पर्धा
अध्यक्ष पदमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्रतिस्पर्धामा छन्। पार्टी नेतृत्वको समर्थन पाएका थेबे र अन्तिमसम्म ब्याक नभएका पुरीबीच प्रतिस्पर्धा भएपछि निर्वाचन हुन लागेको हो। सर्वसम्मत प्रयास नेताहरूले गरे पनि निष्कर्षमा पुग्न नसकेको जानकारी छ।
क्षितिज थेबे प्यानल
-
उपाध्यक्ष: महाराज गुरुङ, विनय शाह
-
महासचिव: महेश चौलागाई
-
उपमहासचिव: उपेन्द्र शाही
-
खुला सचिव: मदन भण्डारी, देबु बस्नेत
-
महिला सचिव: निशा लिम्बू
-
मधेशी सचिव: मोबिन आलम
आयोग अध्यक्षहरू
-
लेखा आयोग: किसुन जैशी
-
निर्वाचन आयोग: मदन गिरी
-
अनुशासन आयोग: मोहम्मद मिजाम
-
युवा विज्ञ परिषद: चीन लामा
सुमन पुरी प्यानल
-
उपाध्यक्ष: पर्वत भण्डारी, प्रकाश गौतम
-
महासचिव: कुवेर अधिकारी
-
उपमहासचिव: खेमराज शर्मा
-
खुला सचिव: ध्रुव खड्का, अरुण कुँवर
-
महिला सचिव: रेशु तामाङ
-
मधेशी सचिव: चितरञ्जन यादव
आयोग अध्यक्षहरू
-
निर्वाचन आयोग: शिव रिमाल
-
लेखा आयोग: विक्रम गुरुङ
-
अनुशासन आयोग: अजयजंग शाही
-
युवा विज्ञ परिषद: मोदनाथ सिलवाल ‘सन्तोष’
राष्ट्रिय युवा संघ नेपालको इतिहासमै पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। दुवै पक्ष बलियो देखिए पनि अन्तिम निर्णय मतपेटिकाबाटै निस्कनेछ। युवासंघको यो निर्वाचन एमालेका लागि भावी नेतृत्व उत्पादन गर्ने थलोको रूपमा समेत हेरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #युवा संघमा प्यानलगत प्रतिस्पर्धा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्