Techie IT
शनिबार, असार ७,२०८२

रवि लामिछानेको रिट निवेदनमा सुनुवाइ हुँदै, आजै आदेश आउने सम्भावना


काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।

बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआइजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।

बिहीबार सरकारी वकिलको तर्फबाट गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् । सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् र त्यसपछि जवाफी बहस सुरु हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिटको अन्तिम आदेश आज आउने सम्भावना रहेको अधिवक्ता प्रमोद न्यौपानेले जानकारी दिएका छन् ।

उनले भने, ‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भइरहेको छ । आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब बाँकी जाहेरवालाका तर्फबाट बहस गर्न बाँकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्बरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ ।’

न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मंगलबारदेखि सुनुवाइ जारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आजै आदेश आउने सम्भावना, #रवि लामिछानेको रिट निवेदनमा सुनुवाइ हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545