Techie IT
सोमबार, वैशाख २२,२०८२

ललितपुरमा मापसे गरेर कार चलाउँदा दुर्घटना, तीन जना घाइते


ललितपुर महानगरपालिका–१५ हात्तीवनमा मापसे गरी चलाइएको कार दुर्घटनामा परि तीन जना घाइते भएका छन्।

गएराति करिब ११ बजे बा.१५ च ७६५२ नम्बरको फोर्ड कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको हो। कार चालक गोदावरी नगरपालिका–३ टौखेल निवासी ३२ वर्षीय रूपक सापकोटालाई प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सापकोटाले मदिरा सेवन गरेर सवारी चलाएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

दुर्घटनामा म्याग्दी स्थायी घर भई हाल गोदावरी बसोबास गर्ने ४० वर्षीय अमर ध्वज पौडेल, टौखेलका २२ वर्षीय विशाल बिक र २९ वर्षीय सौगात लामिछाने घाइते भएका छन्।

तीनै जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तीन जना घाइते, #ललितपुरमा मापसे गरेर कार चलाउँदा दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545