झण्डै २ वर्षदेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिकामा १२१ कर्मचारीले लगाए ताला

सुर्खेत । लामो समयदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा ताला लगाएका छन् । तालाबन्दीपछि नगरपालिकाको सबै काम ठप्प छ ।
१२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गरेका हुन् । वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेले ५ जनालाई मात्र तलब दिइँदै आएको नेपाल प्रेससँग बताए । उनका अनुसार २१ महिनादेखि तलब दिइएको छैन ।
उनका अनुसार तलब नपाउने कर्मचारीहरूमा २१ जना वनका छन् ।
पाण्डेले भने, ‘पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो दिएन । एकले अर्कोलाई दोष देखाउने मात्र भएपछि बाध्य भएर ताला लगाएका हौं ।’
खाँडाचक्रका उपमेयर गणेशबहादुर शाहीले कर्मचारीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएको जिकिर गरे ।
उनले भने, `समस्याको समाधानका लागि आन्तरिक छलफल भइरहेको छ ।’
कालीकोटका अभियन्ता हिक्मतजंग मल्लले नगरपालिकाले लामो समयदेखि गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको टिप्पणी गरे ।
‘सेवाग्राही दिनहुँ पालिकाको ढोका चहारिरहेका हुन्छन् । कर्मचारीले तलब नपाउने, सेवासुविधाबाट वञ्चित हुने अवस्था देख्दा दुःख लाग्छ, मल्लले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झण्डै २ वर्षदेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिकामा १२१ कर्मचारीले लगाए ताला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्