प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई प्रदान गरिने

काठमाडौँ, वैशाख १० गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको हो ।
जसअनुसार वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा प्रज्ञा–प्रतिष्ठानले गरेको हो । वरिष्ठ साहित्यिक पत्रकार दुवालले बिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो ।
उहाँको प्रधान सम्पादकत्वमा जनमत साहित्यिक मासिक काभ्रेबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको छ । देश विदेशमा समेत प्रसिद्व जनमतले ३३० अङ्क प्रकाशित गरिसकेको छ । यो नेपाली भाषाको उत्कृष्ट साहित्यिक पत्रिकामा पर्दछ । स्रष्टा–द्रष्टा र सङ्गठक लगायतका बहुक्षेत्रमा विशेष योगदान गरेका दुवाल जनमत वाङ्मय प्रतिष्ठान तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
वरिष्ठ साहित्यिक पत्रकार वीरबहादुर चन्द ‘विश्राम’ले तिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो । उहाँको प्रधान सम्पादकत्वमा डोट्याली भाषाको साहित्यिक मासिक ‘गुगुल्डी’ सुदूरपश्चिमको कन्चनपुरबाट विगत २८ वर्षदेखि प्रकाशित हुँदै आएको छ । नेपाली डोट्याली भाषामा लोकप्रिय रहेको ‘गुगुल्डी’को ३३१ अङ्क प्रकाशित भइसकेको छ । साहित्यिक सर्जक र सांस्कृतिक सङ्गठक जस्तो महत्त्वपूर्ण भूमिकामा रहेका चन्द गुगुल्डी वाङ्ममय प्रतिष्ठानका अध्यक्ष रहेका छन् ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो । साहित्यिक पत्रकारिता भनेको प्राज्ञिक पत्रकारिता हो । यसले सम्पूर्ण भाषासेवी र सर्जकलाई बौद्धिक खुराक प्रदान गर्दछ । प्राज्ञिक र सांस्कृतिक सत्ता निर्माण गर्न साहित्यिक पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको कुरा बैठकमा कुलपति राईले बताउनुभएको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रहेको छ । उक्त कुरा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई प्रदान गरिने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्