जम्मुकश्मिरमा मृत्यु भएका नेपाली बुटवलका, अर्का नेपाली पनि घाइते

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका एक नेपालीकाे ठेगाना खुलेकाे छ ।
मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रहेका छन् । उनी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेकाे उल्लेख गरिएकाे छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।
त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । सञ्चारमाध्यमका अनुसार उनी घाइते भएकी छन् भने उनको अवस्था स्थिर रहेको छ ।
सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अर्का नेपाली पनि घाइते, #जम्मुकश्मिरमा मृत्यु भएका नेपाली बुटवलका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्