टोखा नगरपालिकामा विद्यालय खुल्ने, वैशाख १० गतेदेखि विद्यालय पठाउन अभिभावक तथा विद्यार्थीलाई आग्रह

काठमाडौँ, वैशाख ९ । काठमाडौँस्थित टोखा नगरपालिकाले सामुदायिक विद्यालयहरू वैशाख १० गतेदेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ। विगत २० दिनदेखि शिक्षक आन्दोलनका कारण पठनपाठन ठप्प भएको गुनासो आएपछि नगर कार्यपालिकाले यस्तो निर्णय लिएको हो।
टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले वैशाख ८ गते जारी गरेको सूचनामा शिक्षक आन्दोलनका कारण विद्यालयमा पठनपाठन अवरुद्ध भएको र विद्यार्थी तथा अभिभावकहरूबाट लगातार गुनासो आएको जनाइएको छ।
टोखा नगर शिक्षा ऐन २०७५ को दफा ४८ र शिक्षा नियमावली २०७९ को नियम ४० अनुसार शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु भइसकेको हुँदा तुरुन्तै पठनपाठन सुरु गर्नुपर्ने भनिएको छ। सूचनामा नेपालको संविधानको धारा ३१ अनुसार शिक्षा पाउने हक मौलिक हक भएको स्मरण गराउँदै विद्यालय बन्द रहन नहुने उल्लेख गरिएको छ।
टोखा नगरपालिकाका शिक्षा निर्देशक बाबुराम गौतमले हस्ताक्षर गरेको सूचनामा नगर क्षेत्रभित्रका सबै विद्यालयहरूमा वैशाख १० गतेदेखि अनिवार्य रूपमा पठनपाठन सञ्चालन गर्न भनिएको छ। साथै, शिक्षक तथा कर्मचारीहरूले ऐनको दफा १०४ मा उल्लिखित आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने निर्देशन दिइएको छ।
नगरपालिकाले अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित हुन र शैक्षिक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै नियमित पढाइ सुनिश्चित गर्न विद्यालय प्रशासनलाई पनि सचेत गराएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा विद्यालय खुल्ने, #वैशाख १० गतेदेखि विद्यालय पठाउन अभिभावक तथा विद्यार्थीलाई आग्रह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्