राप्रपाले आज प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शनको तयारी गरेको छ । गत साता सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शनको तयारी गरेको हो ।
गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि प्रदर्शनमा संलग्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको रिहाईको मागसहित राप्रपाले बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आजको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् । प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।
यसैबीच, निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैहृय नहुने स्पष्ट पारेको हो ।
‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सहृय नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सुचित गरिन्छ । साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृहको चेतावनी, #राप्रपाले आज प्रदर्शन गर्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्