कवाड गोदाममा महानगरको डोजर, नगर प्रहरीसँगको झडपमा केही घाइते

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा २ जना घाइते भएका छन् ।
च्यासलमा कवाडी सामान भण्डारण गरिएको स्थान खाली गर्न महानगरपालिकाले जारी गरेको सूचनालाई अवज्ञा गरेपछि कवाडी संकलन केन्द्रमा महानगर प्रहरीले डोजर लिएर गएको थियो । सोही क्रममा कवाडी संकलन केन्द्रमा डोजर चलाउँदा बिहीबार सवा ११ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
झडपका क्रममा महानगर प्रहरीका इन्ससपेक्टर ५० वर्षीय ईश्वरी वाग्ले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । कवाडी व्यवसायीको सर्लाही, रामनगर- ४ का ३५ वर्षीय होसनारायण यादव पनि घाइते भएका छन् । उनको पनि टाउकोमा चोट लागेको छ ।
घाइतेको सिभिल अस्पताल, मीनभवनमा उपचार भइरहेको बोहराले बताए । झडपमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रौतहट, मौलापुर( ४ घर भई कोटेश्वर बस्ने १८ वर्षका सन्जिव यादव र सर्लाही रामनगर गापा- १ का ३५ वर्षीय जोतनारायण यादव छन् । उनीहरूलाई प्रहरी बृत्त, नयाँ बानेश्वरको हिरासतमा राखिएको प्रवक्ता बोहराले बताए ।
यता कवाड व्यवसायी समाजले महानगरले कवाडी व्यवसायीमाथि दमन गरेकाे आराेप लगाएकाे छ । घटनापछि एक विज्ञप्ती जारी गर्दै कवाड व्यवसायी र संकलकमाथि भइरहेकाे गुण्डागर्दी र ज्यादतीलाई तत्काल राेक्न सरकार र सराेकारवाला निकायसँग अनुराेध गरेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कवाड गोदाममा महानगरको डोजर, #नगर प्रहरीसँगको झडपमा केही घाइते
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्