१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

दमक, वैशाख ४ गते । झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह भएको हो ।
आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले आफ्नो लगानीमा १९ जोडीको विवाह गराइदिनु भएको हो । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गर्न अनुरोध गरे बमोजिम पालिकाहरूले विवाहको सिफारिस गरिदिएका थिए ।
विश्व हिन्दु परिषद् नेपालसँगको सहकार्यमा भएको सामूहिक विवाहमा चाहिने सबै सामाग्री धाममा नै व्यवस्थापन भएको थियो । सामूहिक विवाहमा बर बधूलाई आवश्यक पर्ने सिँगारका सामाग्री, कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडा वर्तन केही पनि विवाह जोडी तथा परिवारलाई नल्याउन भनिएको थियो ।
सबै व्यवस्थापन गट्टानी परिवारले गरेको हो । शुद्ध शाकाहारी खानाको व्यवस्था गरिएको थियो । प्रत्येक विवाहमा आउने बेहुला र बेहुलीको परिवारको तर्फबाट बढीमा १० जनासम्म ल्याउने नियम बनाइएकोमा सोही अनुसार भएकाले भव्य रूपमा विवाह सम्पन्न भएको गट्टानीले जनाउनु भएको छ ।
परम्परागत विवाहमा लाग्ने खर्च घटाउँदै सामाजिक सद्भाव र समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जनाइएको छ । प्रत्येक जोडीका लागि १९ वटै बेग्लाबेग्लै विवाह मण्डप, पुरोहित र सबै सामाग्रीको व्यवस्थापन भएको थियो । अन्तरजातीय जोडीहरू समेत सामूहिक विवाहमा सरिक रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्