Techie IT
सोमबार, वैशाख २२,२०८२

आन्दोलन नरोकेपछि शिक्षकहरूलाई मन्त्री भट्टराईले गरिन् यस्तो आग्रह


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको माग सम्बोधन गर्ने गरी संसद अधिवेशन आह्वान भएको स्मरण गराउँदै आन्दोलन रोक्न आग्रह गरेकी छन् ।

 

एक भिडिओ सन्देश जारी गर्दै मन्त्री भट्टराईले मंगलवारको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूको मागलाई सम्बोधन गर्ने गरी निर्णय गरेको स्मरण गराएकी हुन् ।

विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा छलफलमा रहेको र वैशाख १२ गते १ बजे बज्ने बैठकबाट नै विधेयक अगाडि बढ्ने बताइन् ।

 

 

उनले भनेकी छन्, ‘शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनुभएको विद्यालय शिक्षा विधेयक–२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफलमा रहिरहेको छ । यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले वैशाख १२ बजे १ बजे त्यही विषयलाई समेत सम्बोधन हुने गरी संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ ।’

यस्तै, उनले मन्त्रालयको तर्फबाट शिक्षकहरूसँग निरन्तर संवाद गर्न सहजीकरण समिति निर्माण गरी छलफल वातावरण बनाउने काममा आफूहरू लागेको उनले बताइन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आन्दोलन नरोकेपछि शिक्षकहरूलाई मन्त्री भट्टराईले गरिन् यस्तो आग्रह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545