टोखामा ट्रकमा भेटिएको २५ करोड रुपैयाँबराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं – काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड रुपैयाँबराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ।
पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकका फुच्चे भनिने कुसाङ लामा र भेटिएको २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका-४ स्थायी घर भइ टोखा नगरपालिका-१० बस्ने नारायण पौडेलविरुद्ध मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४.५ र ९ को कसुरमा बरामदित विदेशी मुद्राहरुको मिति २०८१/१२/०४ गतेको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरअनुसार हुन आउने नेपाली रुपैयाँ पच्चीस करोड चौतीस लाख अठहत्तर हजार आठ सय बयालीस रुपैयाँ बिगो कायम गरी ऐनको दफा १७ को उपदफा (१) बमोजिम जरिबाना गरी सोही ऐनको दफा १७ को उपदफा (९) बमोजिम थप सजाय हुनुपर्ने मागदाबी लिइएको कृष्णकुमारी श्रेष्ठले जानकारी दिएकी छिन्।
प्रतिवादी कुसाङ लामालाई सुन चोरी पैठारी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०७४/०३/२६ गते सजाय हुने ठहर भइ निजले सजाय भुक्तान गरेको पाँच वर्षभित्र प्रस्तुत कसुर गरेको देखिँदा निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) वमोजिम थप सजाय हुन, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरु जफत गरी पाउन, उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन (रोका, नियन्त्रण र जफत ऐन, २०७४ को दफा ११ बमोजिम जफतको मागदाबी पनि लिइएको जनाइएको छ।
‘राजस्व अनुसन्धान विभागबाट युरो १३ लाख ७५ हजार एक सय ५० र अमेरिकी डलर १०० र ५० दरको जम्मा तीन लाख बीस हजार आठ सय पचास, विदेशी मुद्रा अपचलनसम्बन्धी कसूरमा अनुसन्धान कार्य सम्पन्न भइ २०८२/०१/०२ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ’ राजस्व अनुसन्धान विभागले जनाएको छ।
साथै प्रतिवादीमध्येका फरार नारायण पौडेलको हकमा अदालतबाटै कानूनबमोजिमको म्याद जारी गरिपाउनसमेतको मागदाबी लिइएको जनाइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा ट्रकमा भेटिएको २५ करोड रुपैयाँबराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्