देशलाई कंकर्डको स्पिड चाहिएको छ, तर सरकार ट्याक्टरको स्पिडमा चल्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई सफल बनाउन आफूले जोखिम उठाउन खोजेपनि मूल नेतृत्वमा उत्साह र गति नदेखिएको बताएका छन् ।
कांग्रेसनिकट बौद्धिक पेसाकर्मीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशले कंकर्ड (तीब्र गतिमा चल्ने यात्रुवाहक विमान) को गति लिनुपर्ने बेलामा ट्याक्टरजस्तो चलिरहेकोमा असन्तुष्टि व्यक्त गरे । तर सरकार र गठबन्धन बदल्ने पक्षमा भने आफू नरहेको प्रष्ट पारे ।
महामन्त्री थापाले भने, ‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियौ । मलाई सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु, व्यक्तिगतरुपमा जोखिम उठाउन र घाउ खान तयार भएको हो । गाली खान तयार भएर शुरुमा जोतिएर काम गरेको हो । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति हो तर तर सरकार ट्याक्टरको गतिमा छ ।’
महामन्त्री थापाले हरेक दिन नयाँ नयाँ निर्णय गर्दै सरकार अघि बढ्नुपर्नेमा नेतृत्वमा त्यो खालका उत्साह र जाँगर नदेखिएको बताए । उनले यसको मतलब अहिले यो सरकार बदलेर अर्को बनाउने भने नरहेको समेत प्रष्ट पारे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तर सरकार ट्याक्टरको स्पिडमा चल्यो : गगन थापा, #देशलाई कंकर्डको स्पिड चाहिएको छ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्