Techie IT
आईतबार, वैशाख २१,२०८२

जुडशीतल पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा


जनकपुर, २ वैशाख । नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ ।

शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतिक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी)ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ ।

आजको दिन घरका ठूलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरुको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ । यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ ।

आजको दिन विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ । घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ ।

तराईका क्षेत्रहरुमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ ।

जुडशीतलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जुडशीतल पर्व मनाइँदै, #मधेशमा सार्वजनिक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545