तारकेश्वरमा भौतिक पूर्वाधार मन्त्री अमन मास्केको पहलमा ५० करोडको १६ योजना, हेर्नुहोस् सूची

काठमाडौं । आउनुहोस्, सबै मिलौं। विकासका लागि एक हौं। रिस छोडौं, घृणा हटाऔं, समृद्धिको इन्जिनियर बनौं।ू यही भावनाका साथ बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले तारकेश्वर नगरपालिकामा बहुवर्षीय विकास योजनाहरूको घोषणा गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्री इन्जिनियर अमन मास्केले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि स्थानिय आवश्यकता, प्राथमिकता र जनभावनालाई मध्यनजर गर्दै ५० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको हो।
मन्त्री मास्केले जनतासँग प्रत्यक्ष संवाद, क्षेत्रीय निरीक्षण र स्थानिय मागका आधारमा योजनाहरूको छनोट गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
ूहामी विकासलाई राजनीतिक चश्माबाट होइन, जनताको जीवनस्तर सुधार गर्ने दृष्टिकोणबाट हेरिरहेका छौं। योजनाहरू समयमै, गुणस्तरीय रूपमा कार्यान्वयन गरिन्छन् भन्नेमा हाम्रो प्रतिबद्धता ।
तारकेश्वर नगरपालिकाका विभिन्न वडामा पर्ने १६ वटा सडक स्तरोन्नति, पुल निर्माण योजनाहरू बहुवर्षीय रूपमा अघि बढाइनेछन्। यी योजनाले क्षेत्रका बस्तीहरूलाई आपसी रूपमा जोड्ने, कृषि तथा व्यावसायिक आवागमन सहज बनाउने र समग्र विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सडक योजना कार्यान्वयनमा स्थानीय सरकार, उपभोक्ता समिति, निर्माण व्यवसायी र प्रदेश सरकारबीच समन्वय गरिनेछ। मन्त्री मास्केले सबै सरोकारवालाहरूलाई जिम्मेवार ढंगले कार्य गर्न र सार्वजनिक स्रोतको अधिकतम उपयोग गर्न आग्रह गर्नुभएको छ।
योजना सूचीमा समेटिएका सडकहरू तारकेश्वर वडा नं। १, २, ६ र ७ मा रहेका छन्, जसमा केही योजनाहरूमा करोडौंको लागतमा पुल तथा करिडोर निर्माण समेत समावेश गरिएको छ। यसैबीच, काठमाडौं क्षेत्र नं। ६ ९२० अन्तर्गतका अन्य योजना कार्यान्वयनको चरणमा रहेका कारण यो सूचीमा उल्लेख गरिएको छैन।
तारकेश्वरमा यी योजनाहरूबाट दिगो र दीर्घकालीन पूर्वाधार विकास हुने विश्वास व्यक्त गरेका छन्।
प्रमुख योजनाहरू यसप्रकार छन्:
१. महाकाल–पुसाल–चो गाउँ सडक स्तरोन्नति, टारकेश्वर–६ – रु. ३ करोड ४५ लाख
२. कुञ्चीप्वाकल–ढकालचौर सडक स्तरोन्नति, टारकेश्वर–१ – रु. ३ करोड ३० लाख
३. भण्डारी गाउँ–बन्चरे पुल हुँदै फेदी पुल सडक स्तरोन्नति, टारकेश्वर–२ – रु. २ करोड ६५ लाख
४. शान्तिधाम हुँदै देवीस्थान झण्डा पार्क सडक स्तरोन्नति, टारकेश्वर–२ – रु. ३ करोड ७५ लाख
५. कालिदेवी स्कुल–बिहानी चौक सडक स्तरोन्नति, टारकेश्वर–२ – रु. १६ करोड ५ लाख
६. साल्लेगाउँ–देवीथुम्का हुँदै विश्व सडक स्तरोन्नति, टारकेश्वर–१ – रु. ४ करोड ५० लाख
७. डुडा खोला हुँदै प्रा. ज्ञानी मार्ग सडक, टारकेश्वर–२ – रु. ६० लाख
८. सांग्ले खोला करिडोर संगम टोल पुल निर्माण, टारकेश्वर–७ – रु. २ करोड ५४ लाख
९. सांग्ले खोला करिडोर बुधाथोकी टोल पुल निर्माण, टारकेश्वर–७ – रु. २ करोड ३७ लाख
१०. चश्माने चौक उज्यालो टोल गेटदेखि सिटी गेट सडक भण्डारण, टारकेश्वर–१ – रु. ६० लाख
११. हनुमान घर हुँदै सद्भाव टोल सडक स्तरोन्नति, टारकेश्वर–७ – रु. ६० लाख
१२. गोल्डेन बस्ती–बोगटी टोल सडक स्तरोन्नति, टारकेश्वर–६ – रु. ६० लाख
१३. माथिल्लो प्युँटरदेखि गोल्डुंगा करिडोर सडक स्तरोन्नति, टारकेश्वर–६ – रु. ४० लाख
१४. लामिछाने टोल–सानो खोला सडक स्तरोन्नति, टारकेश्वर–२ – रु. ३० लाख
१५. तल्लो प्युँटर टोल सुधार समाज सडक स्तरोन्नति, टारकेश्वर–६ – रु. ३० लाख
१६. जोगीको हुटीदेखि बाल उद्यान जाने सडक भण्डारण, टारकेश्वर–१ – रु. ३० लाख
कुल बजेट: करिब रु. ५२ करोड
प्रदेश सरकारद्वारा प्रकाशित विज्ञप्ति अनुसार काठमाडौं निर्वाचन क्षेत्र नं. ६ (२) अन्तर्गतका अन्य योजनाहरू यस सूचीमा समावेश गरिएको छैन, किनभने ती योजनाहरू हाल कार्यान्वयनको चरणमा छन्।
स्थानिय बासिन्दा, जनप्रतिनिधि, निर्माण व्यवसायी तथा सम्बन्धित सबै पक्षले योजनाहरू समयमा सम्पन्न गर्न सहयोग गर्ने विश्वास लिइएको छ। यस्ता योजनाबाट तारकेश्वर क्षेत्रको पूर्वाधार मजबुत हुनुका साथै समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भौतिक पूर्वाधार मन्त्री अमन मास्केले तारकेश्वरमा दुई पुलको शिलान्यास गरे (फोटो फिचरसहित), #हेर्नुहोस् सूची
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्