विप्लव नेतृत्वको नेकपा दल दर्ता हुँदै

काठमाडौँ, चैत २४ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता हुने भएको छ । आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने भएपछि यसअघि बसेको पोलिटब्युरो बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।
नेकपा पोलिटब्युरो सदस्य चिरञ्जीवी ढकालले आगामी निर्वाचनमा सहभागी हुने भएपछि आधिकारिक रूपमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो । आगामी हप्ता दिनभित्र निर्वाचन आयोगमा दर्ता भइसक्ने उहाँले बताउनुभयो ।
दल दर्ता गर्न पार्टी सचिवालय सदस्य कर्णजित बुढाथोकी, ढकाल र कपिल पोखरेललाई जिम्मेवारी दिएको छ । उहाँले भन्नुभयो, “पार्टीले निर्वाचनमा जाने भएपछि दल दर्ता गर्ने निर्णय भएको छ । सबै कागजपत्र मिलाउने क्रम जारी भएकाले नेकपाकै नाममा दल दर्ता हुने छ ।” तर, पार्टीको चुनाव चिह्न के राख्ने भन्नेबारे छलफल भइरहेकाले छिट्टै टुङ्गो लाग्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तत्काल एकता प्रक्रिया अघि बढ्ने सङ्केत नदेखिएपछि विप्लव समूह दल दर्ता गर्ने अवस्थामा पुगेको बताइएको छ । समाजवादी मोर्चामा दुवै दल सहभागी भए पनि एकताले गति लिने अवस्था कम देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विप्लव नेतृत्वको नेकपा दल दर्ता हुँदै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्