Techie IT
आईतबार, वैशाख २१,२०८२

नेप्सेको ६ दिनको निरन्तरको गिरावटमा ब्रेक, सबै समूहमा हरियाली


काठमाण्डौ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१६ प्रतिशत अर्थात ३०.५२ अंकले बढेर २ हजार ६४५.२० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले बढेर ४४४.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आजको बजारको बढोत्तरीलाई बजार घट्न रोकिएको मान्न सकिन्छ । बजार सपोर्ट लेभलमा आएर फर्किएको छ । यसकारण केही समय अब बजार २८ सय विन्दुसम्म माथि जान सक्छ ।’

प्राविधिक रुपमा आजको बजार आरएसआई ओभरसोल्ड जोनबाट फर्किएको उनले बताए । यस्तै उनले आज कारोबार भने नबढ्नु स्वभाविक नै भएको समेत बताए ।

अर्का बजार जानकार विरेन्द्र विष्टले हिजोअस्तिको बजारको घटाई अस्वभाविक भएको र घट्नु पर्ने कुनै विशेष कारण नभएको बताए । ‘सरकार परिवर्तन हुने विषय हल्ला मात्रै भएको र तत्काल रानीतिक उथलपुथलको कुनै सम्भावना नरहेकाले लगानीकर्ता डराउनुपर्ने कुनै कारण देखिदैन । तेस्रो त्रैमासिक प्रतिवेदनमा बैंकहरुको खराब कर्जा अनुपात सुधार भएर आउदैछ, अर्थतन्त्र सुधारोन्ुमख देखिन्छ, ब्याजदर अझै डेढ वर्ष परिवर्तन हुने देखिदैन । यस कारण सेयर बजारले राम्रो गति लिने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.९२ प्रतिशत, विकास बेंक ०.७८, होटल १.१६,हाईड्रो १, लगानी ०.९५,जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त ०.९०,म्युचुअल फण्ड ०.४९, निर्जीवन बीमा ०.६१, अन्य १.९१ र व्यापार समूह १.५५ प्रतिशतले बढ्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेप्सेको ६ दिनको निरन्तरको गिरावटमा ब्रेक, #सबै समूहमा हरियाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545