मनाङमा फर्किएका स्थानीय बासिन्दाहरुलाई वडा कार्यालयबाट भेदभाव
मनाङ, १३ बैशाख । लकडाउनका कारण शहरबाट मनाङ गाउँ फर्किएका स्थानीय बासिन्दाहरुलाई मनाङको वडा कार्यालयबाट भेदभाव भएको गुनासो बाहिर आएको छ ।
समाजसेवी सोनाम घले ( लामा ढुन्डुप) साकर गुरुङ र उपमेयरले बिषेश आग्रह गरेपछि मनाङका संघीय संसद कर्मा घलेको सहयोगमा मनाङ फर्किएका स्थानीयहरुले आफूहरुमा भेदभाव भएको गुनासो गरेका हुन् ।
मनाङङिस्याङ गाउँपालिकाको ४, ६, ७ र ८ वडा कार्यालयले आफूहरुलाई राजनीतिक प्रतिशोध साँधेर कोविड १९ कोरोना भाईरसको संक्रमणको खतरा देखाउँदै भेदभाव गरेको स्थानीय कर्मादोर्जे गुरुङ,कर्मा तेम्बाले बताएका छन् । लकडाउनका बेला राजधानीमा कस्टकर जीवनयापन गर्नुभन्दा गाउँमा नै गएर होम क्वारेन्टाईनमा बस्ने उद्देश्यले उनीसहित झण्डै ६० जनाको संख्यामा गाउँ फर्कन पहल गरिदिन सांसद कर्मा घलेलाई आग्रह गरेपछि उद्धार गरिएका स्थानीय बासिन्दाहरु गाउँ फर्किएको पनि उनले जानकारी दिए ।
कर्मा तेम्बाले भनेका छन् कोरोना भाईरसको महामारीको कारण सरकारद्वारा जारी लकडाउनका बेला काठमाडौंमा अप्ठेरो अवस्थामा बसीरहेका हामी भण्डै ६० जनालाई संघीय सांसद माननीय कर्मा घलेज्यूले पहल गरेर यता गाउँ पठाउनु भयो ।
हामी आउनुअघि गाउँपालिकाले औषधी लिन गएको गाडीमा राखेर केही स्थानीयहरुलाई ल्याएको र उनीहरुलाई क्वाराईनटाईनमा बस्न कुनै सूचना जारी नगरेको तर हामी गाउँ प्रवेश गरेको दिन तुरुन्त वडामा बैठक बसेर १४ दिनसम्म अनिवार्य क्वारेन्टाईनमा बस्नु पर्ने भनेर माईकिङ्ग गर्ने र सूचना समेत टाँसेर मनाङङिस्याङ गाउँपालिकाको वडा कार्यालयले हामीमाथी भेदभाव गरेको छ । यसमा हामी गाउँबासीहरुलाई निकै नै दुःख लागेको छ ।’
कोबिड १९ नोबेल कोरोना भाईरसको महामारी विश्वभर फैलिरहेको बेला सम्पूर्ण मानव एकताबद्ध भएर यसको विरुद्ध लड्नु पर्ने समयमा आफ्नै वडा कार्यालयले आफूहरुलाई राजनैतिक भावनाले हेरेकोमा स्थानीय बासिन्दाहरुले समेत दुःख मनाउ गरेको पनि गुरुङले बताएका छन् । यद्यपी नेपाली कांग्रेस पार्टीबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका मनाङका सांसद कर्मा घलेले राजधानीबाट गाउँ फर्कन चाहने मनाङबासीहरुलाई कुनै भेदभाव नगरी गाउँफर्कने बातावरण मिलाएको पनि रेन्बोले जानकारी दिए ।
गाउँपालिकाको अन्य वडाहरुमा स्थानीय सरकारले विभिन्न स्तरका क्वारेन्टाईनको व्यवस्था गरेको र कोरोना बाईरसको बारेमा जनचेतना जगारणका कार्यक्रम सञ्चालन गरेको छ । अन्य वडाको तुलनामा धेरै जनसंख्या भएको र ठूलो व्यापारिक गतिविधि हुने यस वडाले यस्तो कुनै कार्यक्रम सञ्चालन नगरेको साथै केहीगरी कोरोना भाईरससंक्रमण भईहाले कहाँ कसरी सुरक्षित रहने भन्ने त्रास स्थानीय बासिन्दाहरुमा रहेको पनि उनले बताए ।
यसरी गाँउ फर्कन सहयोग गर्ने मनाङका संघीय संसद कर्मा घलेप्रति उनीहरुले आभार सहित धन्यवाद प्रकट गरेका छन ।
मनाङ्ग अनलाइनबाट साभार
क्याटेगोरी : समाचार
ट्याग : #मनाङमा फर्किएका स्थानीय बासिन्दा, #सोनाम घले ( लामा ढुन्डुप)
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्