नागार्जुन नगरपालिकामा महिला उद्यमीहरु बाट उत्पादित सामानहरुको स्टल, प्रदर्शनी तथा बिक्री मेला सुरु

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नागार्जुन नगरपालिकाद्वारा नगरपालिका भित्र बसोबास गर्ने महिला उद्यमीहरु बाट उत्पादित सामानहरुको स्टल, प्रदर्शनी तथा बिक्री मेला आयोजना गरेको छ ।
नागार्जुन नगरपालिका वडा नं. ४ मा अवस्थित ताम्राकार कम्प्लेक्सको पार्किङ ग्राउन्डमा आयोजित मेलाको उद्घाटन गर्दै नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुशिला अधिकारीले महिला दिदिबहिनीहरुलाई आयआर्जनमा जोड्नु पर्छ भन्ने मुख्य उदेश्यका साथ यो मेला आयोजना गरिएको बताउनुभयो ।
महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका कृषिजन्य उत्पादन,सौन्दर्य सामग्री, हस्तकलाका सामान, बेकरी उत्पादन, सरसफाइका सामाग्री, टेलरिङ्ग, खाद्यान्न सामग्री लगाएतका उत्पादनहरुको ३० भन्दा बढी स्टल मार्फत प्रदर्शनी गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले यस्ता किसिमका प्रदर्शनीहरुले उद्यमी महिलाहरुलाई प्राबिधिक सहयोग, वस्तुगत अनुदान जस्ता नगरपालिकाले प्रदान गर्ने सहयोग प्रदान गर्न समेत मार्ग प्रसस्त हुने बताउनुभयो ।
मेला फागुन २१ देखि २३ सम्म ३ दिन चल्ने छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्