Techie IT
सोमबार, वैशाख २२,२०८२

काठमाडौंको माछापोखरीबाट नुवाकोटका सुरेन्द्रसहित दुई जना पक्राउ


काठमाडौँ । प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ४० वर्षीय दीपक राय र नुवाकोटको म्यागङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्ने ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।

काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित एक होटलमा अवैध लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २८.५७ ग्राम खैरो हिरोइन, २० हजार नगद, १ थान डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइल बरादम गरेको छ ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंको माछापोखरीबाट नुवाकोटका सुरेन्द्रसहित दुई जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545