कोरोना नियन्त्रणमा सक्रिय रहेका स्वास्थ्यकर्मीहरु संग टोखा नगरपालिकाको छलफल

काठमाडौं ,बैशाख ३।
टोखा नगरपालिकाले कोरोना ९कोभिड (१९ ० प्रकोप तथा नियन्त्रणमा सक्रिय रहेका स्वास्थ्यकर्मीहरु संग छलफल गरेको छ।
छलफलले प्रदेस सभा सदस्य दिपक निरौला , उप प्रमुख ज्ञानमाया डंगोल ।प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल ,स्वास्थ्य शाखा प्रमुख रणलाल ,कुलाल सहित विभिन्न स्वास्थ्य केन्द्र तथा संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको बैठकले विभिन्न निर्णय गरेको छ।
स्वास्थ्यकर्मीहरुको अवस्था र उनीहरुका समस्याहरुका वारेमा छलफल भएको बैठकको अध्यक्षता नगर प्रमुख प्रकास अधिकारीले गरेका थिए।
उक्त बैठकले टोखा नगरपालिकामा टोखा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल आफिसरको नेतृत्वमा प्यारामेडिक्स र नर्सिङ क्षेत्रका प्रतिनिधि सहितको मेडिकल टिम गठन गर्ने निर्णय गरेको छ भने नगरपालिका भित्र च्म्त् परिक्षण गरिएका व्यक्तिहरुको ज्वरो नियमित जांच गरेर अभिलेख राख्ने निर्णय पनि गरेको छ।
त्यस्तै उक्त बैठकले वडाहरुमा विदेस बाट आएकाहरुको खोजि गर्न र सचेतनाका लागि विभिन्न कार्यक्रम गर्न स्वयंसेवक परिचालन गर्ने निर्णय गर्नुका साथै विषम परिस्थितिमा सक्रियतापुर्वक काम गरेका स्वास्थ्यकर्मीहरुलाई विशेष प्रोत्सहान प्रदान गर्ने निर्णय गरेको छ।
नगरपालिकामा विदेस बाट आएका नागरिकको च्म्त् ४१ जनाको परिक्षण गरिएको तर नगरपालिकाको पटक पटक को सुचना तथा अनुरोधलाई बेवास्ता गरि केहि नागरिक लुकेर बसेको सुचना आएकोले त्यस्ता नागरिकको तुरुन्त परिक्षण गर्ने निर्णय उक्त बैठकले गरेको छ।
साथै नगरपालिको अनुरोध अटेर गरेर कोहि नगरवासीले सुचना लुकाएको पाइएमा खतरा हुने तर्फ सचेत हुन् पनि नगरपालिकाको उक्त बैठकले निर्णय गरेको छ।
कपन अनलाइनबाट
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्