रविको मुद्दामा सरकारी वकिलको बहस जारी, परिवारको जिम्मा लगाएकोमा न्यायाधीशप्रति असन्तुष्टि

रूपन्देही । रूपन्देही जिल्ला अदालतमा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रविछानेविरूद्वको मुद्दामा सरकारी वकिलको बहस अन्तिम चरणमा पुगेको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी र संगठित अपराध अभियोगमा थुनछेक बहस अघि अभियुक्तलाई परिवारको जिम्मा लगाउने विषयमा सरकारी वकिलले प्रश्न उठाएका छन् । यसको जवाफमा लामिछानेका निजी कानुन व्यवसायीले जवाफ दिनेछन् ।
बिहीबार सुरु भएको थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले अभियुक्त रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्नुपर्ने तर्क गरेका थिए ।
पौडेलले भने, ‘थुनछेक बहस बिना नै अभियुक्तलाई परिवारको जिम्मा लगाइनु गलत हो। यसले थुनछेक बहसको औचित्यमाथि नै प्रश्न खडा गरेको छ ।’
सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित २२ जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरेको थियो। अभियुक्त लामिछाने बुधबार अदालतमा हाजिर भए। ५ नं। इजलासका न्यायाधीश प्रल्हादकुमार योगीले उनको बयान गराई परिवारको जिम्मा लगाएका थिए ।
बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन् ।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रविको मुद्दामा सरकारी वकिलको बहस जारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्