इतिहासमै पहिलोपटक शुनसान टोखाको सपनातिर्थ
पुकार तिमलसिना
काठमाडौ । देशकै गहनाको रुपमा लिइने टोखाको सपनातिर्थ मेला यो वर्ष कोरोना महामारी कै कारण स्थगित भएको छ । नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमासमेत परिचित सपनातिर्थ मेला नहुने भएपछि शुनसान बनेको हो ।
हरेक नयाँ बर्षको बैशाख १ गते लाखौको संख्याका भक्तजन तथा तिर्थालुले मनाउने यो मेलालाई कोरोना महामारीको कारण स्थगन गरिएको टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारीले बताए । उनले भने, टोखामा सपनातिर्थको मेलासहित सम्पूर्ण जात्राहरु स्थगित गरिएका छन् ।
ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको टोखामा हरेक वैशाख १ देखि ४ गतेसम्म जात्रा मनाइदै आएको थियो । स्थानीयहरुका अनुसार सपनतिर्थ मेला र जात्रा रोकिएको यो नै पहिलो पटक हो ।
टोखाको सपनातिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थलमा बनाईएको पोखरीमा नुहाउँदा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको निको हुने जनविश्वास छ । यही विश्वासले लाखौ भक्तजनहरु विहान सवेरै यहाँ आउने चलन छ । तर यो वर्ष मेला र जात्रा दुवै नहुने भएपछि सपनतिर्थ शुनसान भएको हो ।
पुजापाठ गर्न मठ मन्दिरहरुमा घुइँचो नहोस् भनेर नेपाल प्रहरी तथा सेनाका जवानहरुले गस्ती गरिरहेका छन् । टोखा चाकुको लागि पनि प्रसिद्ध ठाउँ हो ।






क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा, #टोखाको सपनातिर्थ मेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्