हुम्लामा हिमपात

हुम्ला, माघ ३ गते । हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो ।
बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका(५ का लोकेन्द्र रावतले जानकारी दिनुभयो । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उहाँले बताउनुभयो । सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उहाँले बताउनुभयो ।
त्यसैगरि नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।
हिउँ पर्ने क्रम जारी रहेको बताउँदै उहाँले अग्ला स्थान न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउ परि हेको बताउनुभयो । हिउँ परि रहेको कारण चिसो निक्कै बढेको छ । यो हिमपात पाँचौ पटक हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #हुम्लामा हिमपात
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्