पृर्वमन्त्री शाहलाई पितृ शोक

काठमाडौँ, पुस २७ गते । पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उहाँको शनिवार विहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो ।
विक्रम सम्वत १९८१ असोज दशै टिकाको दिन अछामको रिडिकोट (हाल साफेवगर नगरपालिका–७ ) जन्मनु भएका शाह बूढानीलकण्ठस्थित छोराहरुसँग बस्दै आउनु भएको थियो ।
नेपाली कांग्रेसको यौद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी हुनुहुन्थ्यो । कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलासखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उहाँले नेतृत्व गर्नुको थियो ।
वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लाग्नु भएको थियो । कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक श्रीमती, पाँच छोरा र पाँच छोरी हुनुहुन्छ ।
साइला छोरा गोविन्दबहादुर शाह अछामको पूर्व सांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ भने साइला छोरा राजेन्द्रबहादुर शाह उद्योग व्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामको सचिव हुनुहुन्छ । जेठो छोरा मोहनबहादुर शाह अवकास प्राप्त राष्ट्रसेवक हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पृर्वमन्त्री शाहलाई पितृ शोक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्