के के हुन् बढ्दो आत्महत्या को लक्षण?

आत्महत्या भन्नाले आफूले आफैँलाई मार्ने काम, जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम, आत्मघात भन्ने बुझिन्छ।
आत्महत्या विश्वमै मानिसहरुको मृत्युको एउटा प्रमुख कारण बनेर रहेको छ भने नेपालमा पनि पछिल्लो समयमा यो जल्दोबल्दो सामाजिक समस्याको रुपमा देखा परेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर हरेक वर्ष सात लाख भन्दा बढी मानिसले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन्। पुरुषभन्दा महिलामा आत्महत्या गर्ने प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या भने पुरुषको बढी छ। मानसिक स्वास्थ्य या भावनात्मक स्वास्थ्यको महत्वबारे समाजलाई बुझाउनु जरुरी छ।
त्यसो त कोभिड महामारीपछि देशभरि र विश्वभरि नै मानसिक स्वास्थ्यको महत्वबारे चर्चा हुनथालेको र त्यसप्रति चासो बढ्न थालेको छ। कोभिड महामारीका बेला लगभग हरेक मान्छेले धेरथोर मात्रामा मानसिक समस्या भोगे। धेरै संख्यामा हरेक उमेरका व्यक्तिहरु एन्जाइटी, डिप्रेसन र ओसिडी जस्ता तनाव सम्बन्धी समस्याका शिकार भए। धेरै आत्महत्याका घटना पनि कोभिड महामारी शुरु भएपछि भएको देखिन्छ।
आत्महत्या अत्यन्तै नराम्रो सामाजिक घटना हो। आत्महत्याबाट मृत्यु हुने व्यक्तिहरु प्रायः कुनै न कुनै मानसिक समस्याहरुबाट पीडित रहेको पाइएको छ। डिप्रेसन,लागु पदार्थको कुलत, एन्जाईटि जस्ता मानसिक समस्याबाट पीडित रहेका व्यक्तिहरुले आत्महत्या गर्न सक्ने बढी सम्भावना रहेको हुन्छ। त्यसैले समाजमा सक्दो मानसिक स्वास्थ्यको महत्वबारे चेतना फैलाउनु, मानसिक स्वास्थ्यबारे टोलटोलमा, घरघरमा, विद्यालय, महाविद्यालय, संघसंस्था, कार्यालय, जताततै चर्चा चलाउनु र सचेतना लगायतका कार्यक्रमहरु गर्नु नै आत्महत्या रोकथामको पनि उपाय हुनसक्छ।
समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै जानुको प्रमुख कारणहरुमा एक्लोपन, मोबाइल इन्टरनेटको अत्यधिक स्वास्थ्यप्रतिको लापरवाही, पैसा र भौतिक सुखसुविधालाई नै सबैथोक मानेर त्यसकै पछाडि सम्पूर्ण समय खर्चिनु, आफ्नो शारीरिक र मानसिक स्वास्थ्यप्रति बेवास्ता गर्नु, परिवारमा भावनात्मक सम्बन्ध, माया र आफ्नोपनको अभाव हुँदै जानु आदिलाई मान्न सकिन्छ।
सम्भावित लक्षणहरुः
– आशाविहीन, सहयोगविहीन र मूल्यहीन, महसुस गर्ने।
– मेरोबारेमा कसैले चिन्ता लिनु पर्दैन, म नभए पनि कसैलाई फरक पर्दैन, सुतेपछि कहिलै उठ्न नपरोस् जस्ता वाक्यहरु सामाजिक रुपमा व्यक्त गर्ने।
– आफ्नो मृत्युबारे योजना सुनाउने।
– आत्महत्या गर्ने माध्यमहरु जस्तै: विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरुको खोजी गर्ने वा अनावश्यक भण्डारण गर्ने।
– विनाकारण एक्कासि धेरै खुसी हुने वा एक्कासि धेरै दु:खी हुने।
– सामाजिक सञ्जालमा निराशाका पोस्ट लेख्ने वा सेयर गर्ने।
क्याटेगोरी : जीवनशैली, समाचार, स्वास्थ्य
ट्याग : #के के हुन् बढ्दो आत्महत्या को लक्षण?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्