टोल र सडकहरुको नामाकरण गर्दै टोखा

काठमाडौँ, पुस २५ गते । टोखा नगर प्रमुख प्रकाश अधिकारीले एक अपिल जारी गर्दै नगरबासीमा टोल र सडकहरुको नामाकरण गर्न अनुरोध गरेका छन् । अधिकारीले घर संकेत नम्बरको कार्य अगाडी बढेको हुँदा सडक तथा टोलहरुको नामाकरण हुन् लागेको जानकारी गरेका हुन् ।
नगर प्रमुख अधिकारीले जारी गरेको अपिलमा भनिएको छ – परम्परागत वा ऐतिहासिक वा साँस्कृतिक वा प्रचलित नाम हुनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै मुख्य बाटोलाई मुख्य ठाउँको आधारमा नाम राख्न सकिनेछ । स्थानीय र मौलिक नाममा प्राथमिकता दिनुपर्ने, हरेक बाटोको सम्पुर्ण लम्बाई भरि एउटै नाम राख्नुपर्ने, मुख्य बाटोले जोडेको सुरुको नाम र अन्तिम ना समावेश हुनुपर्ने, बाटो, चोक तथा सडकको नाम राख्दा राजनीतिक वा व्यक्तिको नाम राख्न नपाइने भएको छ । नगरपालिका भित्र सकेसम्म नदोहोरिने नाम र छोटो राख्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । नामहरु वडा कार्यालय, नगरपालिकाको कार्यालयमा वा इमेलबाट hellotokha@gmail.com बाट सुझाव पठाउन अनुरोध गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोल र सडकहरुको नामाकरण गर्दै टोखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्