के हो कोरोना जस्तै देखिने एचएमपिभी भाईरस?

हाल कोरोना जस्तै देखिने एचएमपिभी भाईरस चिनमा फैलिरहेको छ। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० का अनुसार नयाँ भाइरसको नाम एचएमपिभी भाईरस अर्थात ९ह्युमन मेटान्युमोभाईरस० एक भाइरस हो जसले ज्वरोजस्तो लक्षणहरू निम्त्याउँछ। यो चीनमा तीव्र गतिमा फैलिरहेको छ र कोभिड(१९ को समानता देखाउँछ। यो महामारी शीतकालीन महिनामा श्वसन रोगहरू समृद्ध हुँदै गरेको समयमा आएको छ।
यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको छ। चीनमा ६।२ प्रतिशत श्वासप्रश्वाससम्बन्धी परीक्षणहरू एचएमपिभी पोजिटिभ पाइएको छ र ५।४ प्रतिशत अस्पताल भर्ना भएका बिरामी नयाँ भाइरससँग सम्बन्धित हरेको सिडिसीले जनाएको छ ।
यस्ले कुन उमेर को मानिस र कस्तो रोग लागेको मानिसलाई असर गर्छ ?
१. वृद्ध व्यक्ति र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू जटिलताको उच्च जोखिममा छन्।
२. भाइरस संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा हुँदा फैलिन्छ।
३. गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको मानिस जोखिममा छन्।
४. ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिका पनि उच्च जोखिममा।
यस्को लक्षण र रोकथाम
एचएमपिभीका लक्षणहरूमा ज्वरो, टाउको दुखाइ, खोकी, नाक बन्द हुने वा बग्ने समस्या देखिएका छन् । यसले गम्भीर अवस्थामा श्वास फेर्न कठिनाइ, ब्रोङ्काइटिस ९फोक्सोको हावानलि सुनिने समस्या० वा निमोनियासम्म समेत पुर्याउन सक्छ ।
यो भाईरसको लागि हालसम्म कुनै विशिष्ट उपचार वा खोप उपलब्ध छैन तर रोकथामका लागि साबुन पानीले नियमित रूपमा हात धुने, अनुहार नछुने, बिरामीसँग नजिकको सम्पर्क नगर्ने र बिरामी भएको अवस्थामा घरमै आराम गर्न सकिन्छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #के हो कोरोना जस्तै देखिने एचएमपिभी भाईरस?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्