पर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने

आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाले आधुनिक हतियारसँग सुसजित ब्रिटिस सेनामाथि ऐतिहासिक विजय प्राप्त गरेको उपलक्ष्यमा प्रत्येक वर्ष विजय महोत्सव मनाउने गरेको पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिनुभयो । उहाँले हरेक वर्षझै यस वर्ष पनि नेपाली सेना, पर्सागढी नगरपालिका र देवस्थल पर्सागढी मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजना र सहकार्यमा पुस १९ गते २१० औं विजय महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै, उहाँले मन्दिरको जग्गा अतिक्रमणको चपेटामा परेकोले जग्गा अभावका कारण चाहेर पनि पर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समस्या भएको बताउनुभयो। ूपर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्न प्रदेश सरकार र संघीय सरकारको सहयोग र सहकार्यमा पर्यटकीय स्थलको रुपमा विकसित गरिने छू, उहाँले भन्नुभयो।
देवस्थल पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले आफ्ना पूर्वज रन्जित चौधरीको नेतृत्वमा पर्सागढीमा लडिएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गरेपनि ऐतिहासिक युद्धस्थल ओझेलमा परेको गुनासो गर्नुभयो । बीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणले पनि पुस १९ गते मनाइने विजय महोत्सवको तयारीमा जुटेको जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #पर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्