सुगरको उपचार गर्ने भन्दै घरमा आएका नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ

काठमाडौं । नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका गरगहना चोरेका छन् । घटनामा संलग्न डा। आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको जलेश्वर–२ मा घर भएका मण्डलले पिडितलाई फेसबुकमा साथी बनाएर आफूलाई डाक्टरको रुपमा चिनाएका थिए । सुगरको उपचार गर्ने भन्दै उनी पिडितको घरमा गएका थिए ।
परिवारका सदस्यलाई औषधि खुवाएर बेहोस बनाएपछि उनले सिक्री, औंठी, मंगलसूत्र, टप, झुम्का लगायत सुनका गहनाका साथै ३ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।
प्रहरीले मण्डलबाट एप्पल कम्पनीको मोबाइल, भिभो कम्पनीको मोबाइल, सामसङ कम्पनीका मोबाइल र नगद ५९ हजार ३६० रुपैयाँ बरामद गरेको छ ।
घटनास्थलको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा अभियुक्त फेला परेका हुन् । उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई चोरी सम्वन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #सुगरको उपचार गर्ने भन्दै घरमा आएका नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्