कोरोनाको उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिका , आइसोलेसन वार्ड स्थापना गर्ने तयारी

टोखा, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिकाले आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ । टोखा २ मा अवस्थित टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा तत्कालका लागि ५ वेडको आइसोलेसन वार्ड स्थापना गरिन लागिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
टोखा नगरपालिका स्वास्थ्य शाखा र डाक्टरहरुसँगको छलफलबाट हालका लागि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा ५ वेडको आइसोलेसनको सञ्चालन गर्ने र पछि आवस्था हेरी वेड संख्या बढाउनुका साथै धापासी र गंगबुँमा पनि आइसोलेसन वार्ड विस्तार गरिने नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि आगामी दिनहरुमा प्राथमिकताका आधारमा विशेष कार्यक्रम तथा व्यवस्थापनका कार्यहरु अगाडी बढाइने समेत उहाँले बताउनुभयो ।
वास सेन्टर राखिने
कोरोना सजगताका लागि टोखा नगरपालिका छिर्ने मुख्य नाका तथा सर्वसाधारणको बढि भीड हुने स्थानहरुमा वास सेन्टर निर्माण गरिने भएको छ । नगरपालिका, वडा र बजार क्षेत्रका साधारणका लागि हात धुने ठाउँ तयार गर्ने उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिनुभयो ।
टोखा नगरपालिका छिर्ने मुख्य नाकाहरु सामखुशी बसुन्धारा गंगबु लगायत नगरका आवश्यक र सर्वसाधारणहरुलाई पायक पर्ने स्थानहरुमा एक हजार लिटरको ट्यांक जडित हात धुने ठाउँ वास सेन्टर राखिने उनले बताउनुभयो ।
सचेतना र सजगताका कार्यक्रम
कोरोनाको सङ्क्रमण रोकथामका लागि कोरोनाबारे सचेतना र सजगताका सम्वन्धी पर्चा, पम्प्लेट छपाएर महिला स्वास्थ्य स्वयं सेविका मार्फत प्रत्येक वडाको घरघरमा वितरण गरिनुका साथै गाडिबाट म्याइकिन समेत गरिरहेको टोखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रण लाल कुलालले बताउनुभयो ।
शाखा प्रमुख कुलालका अनुसार नगर भरिका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयमसेवीका, नगर तथा वडास्तरीय सचेतना कार्यक्रम समेत सम्पन्न भैसकेको छ भने नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारीमा टोखा नगरपालिका अगाडि बढिरहेको छ ।
कोरोना भाइसरको बारेमा सचेतना तथा सूचना दिने उद्देश्यले नगरपालिकाको मूख्य पाँच स्थानहरुमा सन्देशमुलक बोर्ड राखिएको छ । चैत्र ६ गतेदेखि हुनेभनिएको एसईई परिक्षाको पाँचवटा केन्द्रमा चिकित्सक सहितको हेल्थ डेक्सको तयारी समेत गरिएको शाखा प्रमुख कुलालले बताउँनुभयो ।
newsof tokha .com
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्