प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप

काठमाडौं, पुुस ११ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बुढाथोकीले सवारी साधनलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार रुपियाँ घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्