कोरोनाको जोखिम न्युनिकरणका लागि भरतमोहन स्मृति फाउण्डेसनकोे ज्येष्ठ नागरिक सहयोग कार्यक्रम शुरु
काठमाडौं, ०७ चैत्र – स्व. उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले ज्येष्ठ नागरिकलाई लक्षित गरि कोराना भाईरस (कोभिड १९) सम्बन्धमा सचेतना अभियान संचालनमा ल्याएको छ । कोरोनाको जोखिम न्युनिकरणका लागि ज्येष्ठ नागरिक सहयोग कार्यक्रम अन्तर्गत फाउण्डेसनले ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सो अभियान चलाएको हो । फाउण्डेसनले विहिवारबाटै ज्येष्ठ नागरिकहरुलाई मास्क, हेण्डवास, साबुन, सेनिटाइजर लगायतका सरसफाई सामाग्री वितरण गर्दै अभियान शुरु गरेको छ । संस्थाले विहिबार तिनकुने स्थित असाय सेवा सदन, शान्तिनगर ज्येष्ठ नागरिक आवास गृह र गल्फुटार आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई उक्त सामाग्री हस्ताण्तरण गर्नुका साथै तालिम प्राप्त स्वास्थ्य सेविकाबाट सरसफार्इको तौरतरिका बारे पनि जानकारी दिलाएको छ । फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी, स्व. नेता अधिकारीकी छोरी लिमा अधिकारी लगायत प्रतिष्ठान सम्बद्ध पदाधिकारी एवम सदस्यहरुले विभिन्न ज्येष्ठ नागरिक गृहसम्म पुगी उक्त सामाग्रीहरु वितरण गरेका थिए ।
उक्त सचेतना अभियानलाई उपत्यका स्थित अधिकांश ज्येष्ठ नागरिक गृहसम्म पुर्याउने लक्ष्य लिईएको प्रतिष्ठानकी सदस्य लिमा अधिकारीले जानकारी दिएकी छन् । ‘ज्येष्ठ नागरिक गृहमा आश्रित ज्येष्ठ नागरिक आमा बुवाहरुको स्वास्थ्य प्रति हाम्रो बिशेष चासो छ, बुवा हजुर पनि (स्व. भरतमोहन अधिकारी) ज्येष्ठ नागरिकको हक अधिकार प्रति निकै नै सचेत हुनुहुन्थ्यो, उहाको स्मृतिमा स्थापित फाउण्डेसनमार्फत हामीले कोरोनाको जोखिम न्यूनिकरण गर्ने ध्ययेका साथ हाललाई काठमाडौं, ललितपुर र भक्तपुरमा साताव्यापी अभियान संचालन गर्दैछौ” उनले भनिन् । प्रतिष्ठानले उक्त सचेतना अभियानलाई उपत्यका स्थित अधिकांश ज्येष्ठ नागरिक गृहसम्म पुर्याउने लक्ष्य लिएको समेत उनले जनाईन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्