Techie IT
आईतबार, वैशाख २१,२०८२

लगनखेलमा एक दिने स्वास्थ शिविर, १३१ जनाले गराए स्वास्थ्य जाँच


 

ललितपुर, ०१ चैत्र – लगनखेलमा एक दिने स्वास्थ्य शिविर संचालनमा आएको छ । सो शिविर शनिवार ललितपुर महानगरपालिका ०५ नंबर वडा स्थित स्वास्थ्य क्लिनिकमा संचालनमा आएको हो । ललितपुर महानगरपालिका जनस्वास्थ्य अन्तर्गत ५ नम्बर वडा स्वास्थ कार्यान्वयन समितीद्वारा आयोजित उक्त शिविरबाट १३१ जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा प्यप स्मिर टेस्ट, थाईराइड टेस्ट, हार्ट ईसिजी, प्रेसर, सुगर, अल्ट्रासाउण्ड -युसिजी जाँचको सुविधा उपलब्ध थियो । कार्यक्रम आयोजनाको उदेश्य बारे प्रकाश पार्दै ललितपुर-५ का वडाध्यक्ष विकासमान श्रेष्ठले वडाबासीहरुको स्वास्थ्य अधिकारलाई प्रत्याभुत गर्ने उदेश्यले वार्षिक क्यालेण्डर अनुसार कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उक्त शिविर संचालनका लागि पाटन प्याथल्याब र काठमाडौं अल्ट्रासाउन्ड क्लिनिकले प्राविधिक सहयोग गरेका थिए । शिविर ललितपुर ०५ नम्बर वडाकी महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545